अभिनेता जीवन लुईंटेलको क्रेज केहि बर्ष पहिले राम्रै थियो । तर परिस्थिती बदलियो । पछिल्लो दुई बर्षमा उनका कुनै पनि फिल्म सफल भएनन् ।
२०७१ को चैत्रमा रिलिज 'भुलभुलैया'को औसत विजनेस बाहेक जीवनका कुनै पनि फिल्म चलेनन् । पर्दामा समय-समयमा आईरहँदा पनि पछिल्लो बर्ष ०७२ उनको लागी फापेन ।
यो क्रम चल्दैगर्दा यो बर्षपनि उनका कम्तिमा तीन/चार फिल्म प्रदर्शन हुनेछन् । जसले पछिल्ला फिल्मबाट लगातार लागेको फ्लपको ट्याग हट्ने आशा जीवनको अनि उनका फ्यानहरुको छ ।
उनको लागी फिल्म उद्योगमा बर्षको सुरुवात बैशाख १७ रिलिज 'बाजिगर'बाट हुनेछ । पुराना निर्माता शेखर कोईरालाको निर्माण समावेश फिल्म 'बाजिगर'ले जीवनलाई राहत दिने आशा छ ।
तर सार्वजनिक ट्रेलरले फिल्म कतै पुरानो ढर्राको त छैन् भन्ने शंका उब्जाईहँदा सफलता र असफलताको रिजल्ट रिलिजको केहि दिन पछि मात्रै पत्ता लाग्नेछ ।
'बाजिगर'मा जीवनसँगै अनु शआह र सञ्जोग कोईराला लिड रोलमा छन् । फिल्मलाई रञ्जित रानामगरले निर्देशन गरेका हुन् ।

