मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

के अनुपबिक्रमसँग मलिनाको छैन प्रेम ?

फिल्मीखबर, काठमाडौं, 2016/05/01
पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक अनुपविक्रम शाही बिचको प्रेम प्रसँग नयाँ मसला होइन । यी सुन्दरी र ह्याण्डसम बिच बेलाखबत ब्रेकअपको खबर समेत बाहिरिएको थियो । यद्पी यी दुईबिच पुनः सम्बन्धमा सुधार आइसकेको उनीहरु निकट बताउँछन् । स्वयम् मलिना र अनुप चाहिं के भन्छन् त ?
 
 
आज आयोजित मलिना अभिनित 'दि विनर' फिल्मको प्रेसमिटमा उनले अनुपसँगको प्रेम र ब्रेकअपको विषयमा खुलेर बोल्न चाहिनन् । के तपाईंहरुको ब्रेकअप भएको थियो ? भन्ने मिडियाको जिज्ञासामा मलिनाले भनिन्, मैंले कहिल्यै पनि मिडियासँग मेरो प्रेमको विषयमा कुरा खोलेको छैन ।
 
अब प्रेम नै नभएपछि कसरी ब्रेकअप भयो भनेर भनौं ? के अहिले चाहिं तपाईं रिलेसनमा हुनुहुन्छ ? भन्ने अर्को प्रश्नमाय मलिनाले भनिन्,  यो मेरो नीजि कुरा हो । भन्न आवश्यक ठान्दिन् । 
 
प्रेम प्रसंगका विषयमा मलिना नखुलेपनि उनी अहिलेपनि नायक विक्रमसँगकै अफयेरमा छिन् । तर यो जोडी सुरुवाती दिनमा जस्तो पछिल्ला दिनहरुमा सार्वजनिक कार्यक्रममा सँगै देखिएका छैनन् र खुलेर कुरा पनि गर्दैनन्  । 
 
 
सायद भोलिका दिनमा सम्बन्धमा आउने उतार चढावलाई लिएर चनाखो त भएका होइनन् ? यो प्रश्न मलिना र अनुपलाई ।