मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सेक्रेट सुपरस्टार' आमिर खानले निर्देशन गर्ने, अभिनय भने नगर्ने

फिल्मीखबर, काठमाडौं, 2016/05/01
'फ्यान फलोईङ अनि क्रेजलाई जोडेर पछिल्लो पटक बलिउड स्टार शाहरुख खानको 'फ्यान' फिल्म आयो । तर फिल्म फ्लप सुचीमा पुग्ने प्रक्रियामा छ । यो बीचमा अर्का स्टार अभिनेता आमिर खानको यस्तै विषयको सेरोफेरोमा नयाँ फिल्म आउने पक्का भएको छ ।
 
वलिउड अनलाईनहरुले लेखे अनुसार आमिरको २०१७ को लागी प्रोजेक्ट 'सेक्रेट सुपरस्टार' हुनेछ । सुरुमा 'आज फिर जिने कि तमन्ना है' टाईटल राखिएपनि अन्ततः यो नाम परिवर्तन भई 'सेक्रेट सुपरस्टार' बनेको हो ।
 
फिल्म सांगितिक कथामा आधारित हुने बताईएको छ । 'फिल्ममा आमिर अभिनयमा हुने छैनन् निर्देशनमा हुनेछन्' कोईमोई डटकमले लेखेको छ । यो फिल्मको लागी कलाकार तय हुन बाँकी छ । 
 
यसअघि पनि आमिरले निर्देशन गर्ने भनिएका फिल्म अन्तिम समयमा अरुले नै निर्देशन गरेका रेकर्ड छन् । त्यसैले यो फिल्म पनि कसको निर्देशनमा बन्छ हेर्न बाँकी छ ।