मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

'जिस्म' फर्स्टलुकमा अर्चनाको निर्वस्त्र अबतार

फिल्मीखबर, काठमाडौं, 2016/04/30
स्वघोषित पोर्न स्टारको दर्जा पाएकी अर्चना पनेरु लिड अभिनयमा रहेको सुटिङको क्रमदेखि नै विवादित फिल्म 'जिस्म' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ ।
 
 
असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।
 
 
निर्माण ईजाजत विना छायाँकनमा जाँदा अनि अर्चना पनेरु अभिनयमा रहेकै कारण यो फिल्म विवादमा परेको थियो । फिल्ममा राम्जी लामिछानेको कोरियोग्राफी छ भने अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायत अभिनयमा छन् ।
 
फिल्म राजु गिरी प्रोडक्शन प्रालीको व्यानरमा तयार भएको हो । यो फिल्मलाई भेट्रान वितरक सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् ।