मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

वालवालिकाले रोल्पाली द्वन्द्वलाई एक्लै हेर्न नपाउने !

फिल्मीखबर, काठमाडौं, 2016/04/30
बैशाख २४ बाट प्रदर्शनमा आउने फिल्म 'रोल्पा रोग' सेन्सर पास भएको छ । सेन्सरबाट यो फिल्मले पिजी' सर्टिफिकेट पाउँदा १६ वर्ष मुनिका बालबालिकाहरुले फिल्म हेर्न अभिभावकको सहारा लिनुपर्ने भएको छ । 
 
 
निर्देशक दिपक वलीले सेन्सरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको बताए । द्वन्द्वकालको कथा बोलेको फिल्म रोल्पाली गाउँको एक यथार्थकथामा आधारित रहेको बताईएको छ । 
 
फिल्ममा शिशिर भण्डारी, कुलदीप भण्डारी, जनक घर्ती मगर, शुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, काश्मिर रसाइलीलगायतको अभिनय रहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई तिब्रता दिने क्रममा निर्माण युनिट छ । 
 
रोल्पा रोग' नेपाल रिलिजको एक महिनापछि अष्ट्रेलियामा पनि प्रदर्शन हुने निर्देशक वलीले बताएका छन् ।