विदेशका २३ वटा फिल्म फेस्टिभलमा सहभागी भएको तथा भेनिष फिल्म फेस्टिभलमा वेष्ट फिल्मको अवार्ड जितेको फिल्म 'कालो पोथी'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

'कालो पोथी' नामको फिल्मको ट्रेलरमा भने कालो पोथीलाई सस्पेन्स राखिएको छ । सेतो पोथी र सेतो घोडा अनि द्वन्द्वकालिन परिवेशलाई ट्रेलरमा स्थान दिईएको छ । फिल्मलाई मिनबहादुर भामले निर्देशन गरेका हुन् ।
विदेशमा विभिन्न फेस्टिभलमा अत्याधि करुचाईएको तथा अवार्ड जितेको फिल्म नेपालको सार्वजनिक प्रदर्शनमा कस्तो हुन्छ भन्ने कौतुहलताको विषय छ ।
फिल्ममा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल, विपिन कार्की लगायत लिड रोलमा छन् । फिल्ममा लगानी छिरिङरितार शेर्पा र उनको टिमको छ ।
हेर्नुहोस ट्रेलरः

