Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(56 votes, avg 4.98/5.00)
Text size:-
+
-

चियाबारीमा छल्केको जीवन र सञ्चिता प्रेम (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2016/05/17
योगेश घिमिरेको निर्देशनमा पुर्बी नेपालमा अहिले फिल्म 'राधा'को सुटिङ धमाधम चलिरहेको छ । यो बीचमा फिल्ममा फिल्मसँग सम्बन्धित केहि तश्विरहरु फिल्मीखबरलाई प्राप्त भएको छ । प्राप्त तश्विरमा लीड कलाकार जीवन लुईंटेल र सञ्चिता लुईंटेलको प्रेमभाव झल्किन्छ । 
 
 
ईलामको श्री अन्तु डाँडाबाट सुटिङ सुरु भएको फिल्मलाई लिएर जीवन र सञ्चिता दुबै उत्साहित छन् । पछिल्लो पटक लगातार जसो प्रदर्शनमा आएका फिल्मले व्यापारिक सफलता हात पार्न नसक्दैगर्दा जीवनले नयाँ फिल्मी जीवनको लागी टे्निङ प्वाईण्टको रुपमा यो फिल्मलाई लिएका छन् । 
 
 
त्यस्तै सञ्चिताले पनि कौहि बर्ष पहिले रिलिज भएको हिट फिल्म 'छोडी गए पाप लाग्ला'को झल्को 'राधा'मा मिलेको बताउँछिन् । उक्त फिल्मपछिको आफ्नो लागी उत्कृष्ट फिल्म 'राधा' बन्ने आशा सञ्चिताको छ । सुटिङ सेटमा प्रफुल्लित भेटिएकी सञ्चिताले कथा मन परेकै कारण यो फिल्ममा अनुबन्ध भएको बताईन् । 
 
 
'राधा'ले जीवन र सञ्चितालाई एक अर्काबीच पहिलो पटक स्कृन सेयर गर्ने अवसर समेत दिएको छ । फिल्मको वारेमा बोल्दै निर्देशक योगेशले पनि आफ्नो मुख्य ध्यान प्राविधिक रुपला उत्कृष्ट फिल्म बनाउने भएको भन्दै  राम्रो फिल्म बनाउन कुनै कसुर बाँकी नराख्ने बताए ।
 
 
राधाको कथा प्रदीप भारद्धाजको हो । यसअघि यो फिल्म निर्माणको तयारी हुँदै गर्दा फिल्मीखबरले नै योगेश, प्रदिप र जीवनको बर्षौंपछिको पुनः टिमअपको पहिलो खबर प्रकाशित गरेको थियो ।  
 
 
गत बैशाख २४ देखि सुटिङ सुरु भएको यो फिल्मको सम्पूर्ण दृश्य पुर्वी नेपालमा नै खिचिनेछ ।
Most Visited News (monthly)