Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकारिता दिवसमा चितवन शाखाबाट पत्रकार र अभिनेतालाई सम्मान

फिल्मीखबर, चितवन, 2016/05/17
चलचित्र पत्रकार संघ चितवन शाखाले यही जेठ ७ गते परेको चलचित्र पत्रकारिता दिवसमा शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
 
 
संघले लामो समय मोफसलमा रहेर सक्रियरुपमा रंग पत्रकारिता गर्दे आईरहेका बिमल खतिवडा र आफनो ज्वोलन्त अभिनयका कारण चितवनको नाम चम्काएका अभिनेता सरोज खनाललाई सम्मान गर्ने भएको छ । 
 
संघले खतिवडालाई नगद दस हजार एक सय एक रुपैयाको राशी सहित चितवन चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने भएको हो । साथै संघले  चितवन घर भई नेपाली चलचित्र क्षेत्रमा थुप्रै सफल चलचित्रमा अभिनय गरेका अभिनेता सरोज खनाललाई चितवन चलचित्र कलाकारिता बिषेश सम्मानबाट सम्मानित गरिन लागेको चितवन शाखाका अध्यक्ष राजकुमार लामिछानेले बताए । 
 
अध्यक्ष लामिछानेले  चलचित्र पत्रकार संघ चितवन शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जनाउदै यो सम्मानले नेपाली चलचित्र क्षेत्रको बिकासमा सानै भएपनि महत्वपुर्ण भुमिका खेल्ने बताए । संघले निकट भबिष्यमा नै चितवनमा रहेका क्रियाशिल रंग पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि कार्यशाला गोष्ठी गरिने समेत बताएका छन् ।
 
 सम्मानित हुन लागेका चर्चित अभिनेता सरोज खनालले नेपाली चलचित्र ‘बिजय पराजय’ बाट आफनो करियर सुरु गरेका हुन् । अमेरिकाको लामो बसाईपछि नेपाल आएर अभिनेता खनाल पुनः चलचित्र क्षेत्रमा नै सक्रियरुपमा रहेका छन् । 
 
उनले प्रेम पिण्ड , सारंगी ,गोठालो ,नाई नभन्नु ल का सिरिज र हालै प्रर्दशनमा आएको सफल चलचित्र प्रेम गीतमा पनि सशक्त अभिनय गरेका छन् । 
 
यसैगरी सम्मानित हुन लागेका रंग पत्रकार खतिवडा बिगत एक दशकभन्दा बढी लामो समयदेखि रंग पत्रकारिता पेशामा आबद्ध छन् । करिब १४ बर्षको उमेरमा उदयुपरको गाईघाटबाट प्रकाशित स्थानिय पत्रिका ‘माझखर्क’ साप्ताहिकबाट बाल पत्रकारिता सुरु गरेका खतिवडा पुर्णपुष्टी साप्ताहिक, कान्तिपुरको कान्तिपुर साप्ताहिक हुँदै हाल कान्तिपुर दैनिकमा चितवन संवाददाताको रुपमा कार्यरत छन् ।
Most Visited News (monthly)