महानायक राजेश हमाल र पत्नी मधु भट्टराईसँग सम्बन्धको बारेमा खटपट भयको कुरा अहिले बिभिन्न अनलाईन हरुमा समाचार बनेको छ । उसो त राजेश र मधुबिच खटपटको झुठो खबर पहिला पनि सार्वजनिक नभएको चाँही होइन ।
तर समाचार लाई गलत साबित गर्नको लागि एकाएक राजेश हमालले आफ्नो फेसबुक को कभरमा आफ्नो र पत्निको फोटो राखेका छन । हमालले पोष्ट गरेको तश्विरमा धेरै फ्यानहरुबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
नेपालको बिभिन्न कार्यक्रमहरुमा उक्त जोडी सँगै देखिएता पनि लामो समय राजेश हमाल पत्नी मधुलाई एक्लै नेपालमा छोडेर अमेरिका बसेको कारणले पनि सम्बन्धमा दरार आएको हो कि भनेर अड्कल गरिएको हो ।
केहि अनलाईन मिडियामा हमाल दम्पतिको सम्बन्धमा दरार आएको भन्ने खबर आएपछि उनका सुभचिन्तकहरुमा खटपटी समेत छाएको थियो भने मिडियाको विरोधमा गलत समाचार लेखेको भन्दै विरोधमा शब्द समेत सामाजिक सञ्जालमा छाएका छन् ।

