मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.50/5.00)
Text size:-
+
-

थाहा पाउनुस्, तीन दिनमा कति कमायो 'के म तिम्रो होईन र' ले ?

फिल्मीखबर, काठमाडौं, 2016/05/16
आकाश अधिकारी निर्देशित फिल्म 'के म तिम्रो होईन र' कस्तो चल्यो ? दर्शकको कौतुहलताको विषय हुनसक्छ । फिल्म निर्माण टिमले जानकारी दिएअनुसार फिल्मले तीन दिनमा एक करोड ग्रस आम्दानी गरेको छ । 
 
निर्माता समेत रहेका आकाशले दाबी गर्दै भने, 'सुरुवातमा केहि आशा घटेको थियो, त्यसपछि पिकअप लिएकोमा खूशी छौं,  तीन दिनमा करोड क्लव ज्वाईण्ड भएको खबर सेयर गर्न पाउँदा खूशी लागेको छ।'
 
फिल्मका निर्माता सुरेश अधिकारीले पनि फिल्मको शनिबार र आईथबारको बिजनेशले हर्षित बनाएको बताए । शनिबार बिहान पानीले प्रभावित फिल्मलाई दिवा शो ले उकासेको थियो ।शनिबार दिवा तथा रात्री शो धेरै हलमा हाउसफुल पनि बन्यो । 
 
फिल्मले पुरापुरा लगानी रिकभर गर्न भने तीन करोड बराबरको आम्दानी गर्नुपर्ने हुन्छ । फिल्ममा नव प्रवेशी कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल अनि प्रज्वल सुजल गिरी लिड रोलमा छन् ।