Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५१ औं जन्मदिनमा सलमानको बिहे पक्का !

एजेन्सी, मुम्बई, 2016/05/18
वलिउड स्टार सलमान खानको बिहेको समाचारले मिडियामा स्थान पाउनु नयाँ होईन् । तर पछिल्लो पटक भने सलमानले बर्ष २०१६ को अन्त्यसम्म बिहे गर्ने तयारी गरेको खबरले निकै चर्चा पाएको छ । 
 
यो बीचमा नयाँ गसिप बलिउड अनलाईनहरुले लेखेका छन् कि, सलमानले आफ्नो जन्मदिनमा प्रेमिका लुलियासँग बिहे गर्दैछन् । समाचारलाई आधार मान्दा डिसेम्बर २७ मा ५१ औं जन्मदिन मनाउँदै गरेका सलमानले सोहि दिन बिहे गर्ने मनस्थिती बनाएका छन् ।
 
बर्षभरि छरिने खान परिवारका सदस्य सलमानको जन्मदिनमा हरेक बर्ष जम्मा हुने कारणलाई पनि उक्त मितिमा सलमानले बिहे गर्नसक्ने अनुमान लगाईएको छ ।
 
पछिल्ला केहि दिनयता सलमान र लुलिया सल्लु परिवारसँगै बसिरहेका छन् अनि अनि घुमघाममा पनि सकृय छन् । हरेक पटक समाचार बन्ने सलमानको बिहे प्रकरणले यो पटक सार्थकता पाउँछ कि नाई ? गसिप सत्य बन्छ कि नाई त्यो भने समयले बताउनेछ ।
Most Visited News (monthly)