Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

'कालोपोथी'को पाइरेसी बिमा, फ्रान्सेली कम्पनीले दियो १४ करोड

फिल्मीखबर, काठमाडौं, 2016/05/19
केहि दिन पहिले राजधानीमा आयजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै रिलिज तय गरिएको फिल्म 'कालोपोथी'को फ्रान्सेली कम्पनिबाट पाईरेसी बिमा गरिएको छ । सोही कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको बताईएको छ ।
 
कालो पोथीको फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको हो । निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले इन्सुरेन्स गरिदिएको हो ।
 
‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि’ निर्देशक भामले भने । पछिल्लो पटक राम्रा अनि चलेका फिल्महरु पाईरेसिको शिकार भईरहँदा बाहिरिएको यो खबरले खुशीको संकेत गरेको छ ।
 
फिल्मलाई हलिउड रिपोर्टरलगायतका प्रतिष्ठित मिडियाले राम्रो समिक्षात्मक रेटिङ दिएका छन् । भेनिस फिल्म फेस्टिभलको क्रिटिक्स सप्ताहन्तमा छानिएपछि यो फिल्मको चर्चा चुलिएको छ । 
 
साढे तीन करोड बजेटको सिनेमामा जर्मनी, फ्रान्स र स्वीटजरल्यान्ड समेतको संयुक्त लगानी छ । जेठ २१ गते रिलिज हुने फिल्मले सशष्त्र युद्धताकाको सेटिङमा दुई बालकको मित्रताको कथा पेश गर्छ ।
Most Visited News (monthly)