भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म होमवर्क'को गोपिकृष्ण मुभिजमा भब्य व्लू कार्पेट प्रिमियर गरिएको छ । बिहिबार दिनभरजसो परेको झरीले केहि बिथोलिएको माहोल, हट अबतारमा देखिएका अभिनेत्रीको आगमनले तताएको थियो ।
कार्यक्रममा मुख्य आकर्षण लिड कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ बने । त्यसो त यो फिल्ममा आर्यन दोहोरो भुमिकामा र त्यसमा पनि अहिलेसम्मकै फरक बृद्ध अबतारमा प्रस्तुत छन् ।

प्रिमियरमा अभिनेत्री रिमा विश्वकर्मा, केकी अधिकारी, पुजना प्रधान, जेनिशा केसी, गायक राजेशपायल राई, बाबु बोगटी, गौरी मल्ल, दिपकराज गिरी लगायतका दर्जनबढि नाम चलेका कलााकरहरु देखिए ।

असिक्षाको कारण समाजमा एक धनाड्य व्याक्तिले भोग्नुपरेको पीडा र त्यसबाट पार लाग्नको लागी ६० को दशक काटेपछि पनि स्कुल पढेर मास्टर डिग्री हासिलको लागी गरेको संघर्षको कथा फिल्मले बोलेको छ ।

निरक पौडेल निर्देशित फिल्ममा आर्यन, नम्रता र गौरीसँगै जिपी तिमिल्सिना लिड रोलमा छन् । गोपिकृष्ण मुभीजको व्यानरमा बनेको फिल्म देशभरका ५० बढि पर्दामा एकसाथ लाग्दैछ ।


