मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

बैशाखमा मात्रै नौ फिल्म रिलिज, को सफल को असफल ?

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/05/18
गत बर्ष भूकम्पले तहस नहस पार्दैगर्दा पनि नेपाली फिल्म उद्योगको लागी भने सुखद नै बन्यो । ६० बढि फिल्म रिलिज हुँदा पनि अन्य बर्षको तुलनामा धेरै फिल्मले लगानी उठाउन सफल रहे, हिट र सुपरहिटको ट्याग पनि भिरे । 
 
 
तर २०७३ को आरम्भ भने नेपाली फिल्म उद्योगको लागी खासै सुखद बन्न सकेन् । 'पहिलो गास मै ढुङ्गा' भने झैं पहिलो महिनामा मात्रै नौ फिल्म रिलिज हुँदा पनि लगानीको हिसाब गर्ने हो भने कुनै पनि फिल्म नाफामा छैनन् । 
 
'बाटोमुनिको फूल २' र ;हाउ फन्नी' ले करोड क्लव ग्रस बिजनेसको समाचार बनेपनि नाफामा पनि छैनन् । नेपालको मात्र विजनेसले लगानी रिकभर हुन पनि मुस्किल छ । 
 
त्यस्तै व्यापक प्रचारका बीच रिलिज फिल्म 'जंगे'ले पनि व्यापारिक सफलता हात पार्न सकेन् । सोहि फिल्मसँग भिडेको जीवन लुईंटेल फिल्म 'बाजिगर'ले पनि सुपरफ्लपको ट्याग भिर्यो । 
 
बैशाख २४ रिलिज 'रोल्पा रोग', 'आवारा', 'उहिलेका बाजेका पाला' तीन फिल्म नै चलेनन् भने पछिल्लो हप्ता रिलिज 'के म तिम्रो होईन र' पहिलो हप्ता प्रदर्शनमा छ । फिल्मको ग्रस विजनेस १ करोड माथी भनिएपनि लगानी उठाउन मुस्किल छ । भने 'विरानो माया' त झन एक हप्ता नहुँदै धेरै हलबाट उत्रिसकेको छ ।
 
माथी उल्लेखित केहि फिल्मले आफ्नो लगानी प्रचार प्रसारसहित करोडको आसपास भनेर प्रचार गर्दैगर्दा त्यो अनुसारको कमाई गर्न कम्तिमा तीन करोडको विजनेस गर्नैपर्छ । त्यसैले सरसर्ती हेर्दा २०७३ को पहिलो महिना करिव दर्जनजति फिल्म रिलिज भएपनि अहिलेसम्म कोहि पनि विजनेसमा सफल छैनन् । 
 
२०७२ को बर्षान्तमा प्रदर्शन भएका 'रामप्यारी' र 'नाई नभन्नु ल ४' ले बैशाखको पहिलो हप्ता पनि ओभरटेक गर्दा दुबै फिल्म लगानी रिकभर गर्न सफल भएको रिपोर्ट प्राप्त छ ।