जेठ ७ मा रिलिज हुने फिल्म 'बुद्ध वर्न ईन नेपाल' मा अभिनेत्री आशिष्मा नकर्मी लिड रोलमा छिन् । तर यसअघि सार्वजनिक प्रायः प्रचार सामग्रीमा अशिष्मालाई देखाईएन् । अशिष्माले ट्रेलरमा नदेखाएपछि सार्वजनिक कार्यक्रममा नै रिस पोख्दै बाहिरिईन् ।
तर रिलिजको केहि दिन पहिले निर्माण टिमले अशिष्मा समेटिएको एक गीत आउट गरेको छ । सार्वजनिक 'स्याड भर्शन'को गीतमा अशिष्मासँग रमित ढुङ्गाना फिचरिङमा छन् ।
त्यसो त रमित फिल्मका निर्माता पनि हुन् । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको सार्वजनिक गीतमा स्वर रजिना रिमालको छ भने विकास बिष्टको शब्दमा संगीत सुरेश अधिकारीले भरेका छन् ।

