Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 14989 - 14994 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-04-15, शुक्रवार

भुकम्पको मारमै परेको भएपनि ०७२ मा धेरै फिल्मले दर्शकको मन जितेको चर्चा हुँदैगर्दा केहि नयाँ अनुहारहरुको पनि चर्चा हुनु जरुरी छ । जहाँ डेब्यू कलाकार अनि यसअघि केहि फिल्म गरेर पनि चर्चामा नआएका नामहरु जोड्न उचित हुनसक्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-14, बिहिवार
देवीको रुपमा लिईने नेवारी समुदायको कुमारी प्रथाको कथा उठान गरेको यो फिल्मले उठाएको विषय र त्यसलाई न्याय गर्नकै लागी सृष्टि र अनमोल फिट भएको ट्रेलरबाट पनि खुलेको छ ।
फिल्मीखबर, काठमाडौं, 2016-04-14, बिहिवार

पोस्टरमा लिड कलाकार शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराजलाई देख्न सकिन्छ । पोस्टर हेर्दा छबिराजका पछिल्ला फिल्महरुकै छनक पाईन्छ । फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।

फिल्मीखबर, काठमाडौं, 2016-04-14, बिहिवार
युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु'को ट्रेलर रिलिज भएको छ । हेमराज बिसी निर्देशित फिल्मको सार्वजनिक ट्रेलर मसलेदार छ । 
 
फिल्मीखबर, काठमाडौं, 2016-04-13, बुधवार

बैशाख १० मा रिलिज हुने फिल्म 'बाटो मुनिको फूल'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अमेरिका हानिएका अभिनेता दिलिप रायमाझी र अभिनेत्री ऋचा शर्मा फिचरिङमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-04-13, बुधवार
नयाँ बर्षको अबसरमा दर्शकलाई उपहार छाड्दै अधिकारी व्रदर्सको प्रस्तुती र द स्काइ मुभिजको सहकार्यमा तयार फिल्म ‘के म तिम्रो होइन र’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा मनोरम दृश्यहरु समावेश छन् भने बसन्त सापकोटाको संगीत पनि कर्णप्रिय छ । 
 
Results : 14989 - 14994 of 24018