Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुल्तान उच्च ओपनिङको आशा, शाहरुखलाई उछिन्ने संभावना कति ?

एजेन्सी, मुम्बई, 2016/07/05
बर्ष २०१६ कै सर्वाधिक प्रतिक्षित फिल्म बनेको सलमान खान स्टारर 'सुल्तान' बुधबारबाट रिलिज हुँदैछ । ईदको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मले वक्सअफिसमा कैयौं रेकर्ड ब्रेक गर्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् । 
 
त्यसो त सलमान खानका यसअघिका सबै फिल्मको ओपनिङ विजनेस 'सुल्तान'ले तोड्के निश्चित जस्तैछ । सलमानको सर्वाधिक ओपनिङ गर्ने फिल्ममा 'प्रेम रतन धन पायो' माथी छ, यो फिल्मले पहिलो दिन ४० करोड ३५ लाखको विजनेस गरेको थियो ।
 
दोश्रो नम्बरमा एक था टाईगर' छ जुन फिल्मले ३३ करोड विजनेस गरेको थियो । वलिउड बक्सअफिसमा सर्वाधिक ओपनिङ कलेक्शन भने शाहरुख खानको फिल्म 'हेप्पी न्यू ईएर'को छ । उक्त फिल्मले ४४ करोड बढिको ओपनिङ विजनेस गरेको थियो । त्यो रेकर्ड तोडिने समेत वलिउड सिने वृत्तमा चर्चा छ ।
 
सुल्तानले पहिलो दिन ४५ करोडको आसपास विजनेस गर्ने अनुमान लगाईएको छ । ईदको विदा अनि एडभान्स वुकिङबाट रिलजि पहिले नै हल भरिनुले यसको संकेत गर्छ ।
 
नेपालमा मात्रै 'सुल्तान'लाई ३ करोड २० लाख मोटो रकम खर्चेर भित्र्याईएको छ । नेपाली मल्टिप्लेक्समा पनि यो फिल्मको बुकिङ आक्रामक छ ।
Most Visited News (monthly)