बरिष्ठ कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्य वैबाहिक बन्धनमा बाँधिएका छन् । बिगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका आचार्यले विदेशी युवती जोर्इ लेवस्किसँग विबाह गरेका हुन् ।

जोए लेवस्किसँग प्रेम सम्बन्धमा रहेका त्रिलोकको नेपाली परम्परा अनुसार विवाह सम्पन्न भएको हो । विवाह समारोहमा हरिवंश आफ्नी श्रीमती रमिला र कान्छो छोरा मोहितको साथमा उपस्थित थिए। विवाह समारोहमा हरिवंशका सहकर्मी मदनकृष्ण श्रेष्ठ भने देखिएनन् ।

हरिवशंकी जेठी श्रीमती स्व. मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक र मोहित दुई छोरा हुन् । जसमध्ये मोहीत अविबाहित छन् ।

