Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हमालको तीजे रुप

फिल्मीखबर, काठमाडौं, 2016/07/05

दिनेश श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘शकुन्तला’ भदौ ९ गतेबाट प्रर्दशनमा आउने भएको छ । चलचित्र ‘शकुन्तला’लाई तिजको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ । तीजको छेकोमा रिलिज हुने भएपछि निर्माण टिमले हमाललाई नै राखेर एउटा गीतको सुटिङ गरेको छ ।

 

सोमबार सुटिङ भएको गीतमा नायक राजेश हमाललाई रातो सारी, रातै चुरा, लामो कपालमा रातो धागो र त्यसमाथि छड्के तिलहरी लगाएको स्वरुपमा देख्न सकिन्छ । जसको कोरियोग्राफी शंकर वीसीले गरेका हुन् ।निर्देशक दिनेश श्रेष्ठले पहिलो पटक हमाललाई नारी अवतारमा उतारेको चलचित्रमा किशोर खतिवडा, अनु शाह पनि मुख्य भूमिकामा छन् ।

Most Visited News (monthly)