निर्माता छबिराज ओझा र अभिनेत्री रेखा थापा छुट्टा छुट्टै भएको चार बर्ष बितिसकेको छ । यो बीचमा दुबै जना एक्लै छन्, अर्को घरजम कसैले गरेका छैनन् । बेला बेलामा रेखा र छबि दुबैको बिहे चर्चाले गसिप बजार राम्रै ततायो पनि ।
यो चल्दैगर्दा अन्ततः छबि विवाह गर्ने मनस्थितीमा पुगेका छन् । छुट्टै बसेर पनि डिभोर्स नलिएका उनले रेखासँग औपचारिक डिभोर्स मागेका छन् । केहि दिन पहिले मात्रै रेखा र छबि जिल्ला अदालत काठमाडौं पुगेका थिए ।
यो बिषयमा फिल्मीखबरले बुझ्दा दुबैजनाले मुख नखोले पनि छबिराज विवाहको मनस्थितीमा पुगेको र अर्को विहेको लागी अफ्ठ्यारो नपरोस भनेर रेखासँग औपचारिक डिभोर्स मागेको बुझिएको छ ।
पारिवारिक दबाब बढेपछि छबि अन्ततः घरजम गर्ने मनस्थितीम पुगेको उनि निकट श्रोत बताउँछ । समय र परिस्थिती मिलेसम्म भदौ महिनामा छबिले बिहे गर्ने सोच बनाए पनि को सँग सम्बन्ध गाँस्दैछन् भन्ने खुलाईएको छैन् ।
एक समय अभिनेत्री शिल्पा पोखरेलसँग बिहेको चर्चा चलेको भएपनि त्यो हल्लामा मात्र सिमित भएको थियो । तर पहिलेजस्तो शिल्पा र छबिको सम्बन्ध अहिले सुमधुर छैन् । पछिल्लो समय छबि फिल्म तथा मोडलिङ क्षेत्रसँग सम्बन्धित युवतीसँगै प्रेममा रहेको श्रोत बताउँछ ।
रेखालाई तेश्रो पत्निको रुपमा घर भित्र्याएका छबिले चौथो बिहे गरे भने आश्चर्यमा पर्नुपर्ने छैन् । उनले ५१ बर्षे जन्मदिन मनाईसकेका छन् ।

