मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 2.50/5.00)
Text size:-
+
-

दमदार एक्शनमा विराजः 'जय पर्शुराम' टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/07/05
एक्शन स्टार विराज भट्टको कमब्याक मानिएको फिल्म 'जय पर्शुराम'को पहिलो भिडियो सामग्री सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक टिजरमा विराजको दमदार एक्शन अबतार समावेश छ ।
 
 
एक्शन कै कारण सिंगल नामले फिल्म चलाउने सामर्थ्य राख्ने विराजको फिल्म यसैपनि प्रतिच्छित बनिरहँदा सार्वजनिक टिजरले दर्शकमा थप कौतुहलता निम्त्याउने निश्चित छ ।
 
विराजसँगै निशा अधिकारी, रविन तामाङ लिड रोलमा रहेको फिल्म रोज राणाको निर्माण निर्देशनमा तयार भएको हो । रोजको यो डेब्यू निर्देशन पनि हो ।
 
यसअघि साउन २८ मा रिलिज गर्ने भनिएको फिल्मको प्रदर्शन सर्ने संभावना निर्माण टिमले नै देखाईरहँदा टिजरमा भने  'कमिङ सुन' मात्र लेखिएको छ । जुन कुराले फिल्मको रिलिज सर्नसक्ने संकेत गर्छ । तर निर्देशक रोजले फिल्मको रिलिज नसर्ने जिकिर गरेका छन् ।