
चर्चित फिल्म ‘क्याराभान’ का अभिनेता थिन्ले लोन्डुपको निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको आइतबार निधन भएको हो।

आगामी जेष्ठ १४ गते बाट प्रदर्शनमा आउने फिल्म 'बेष्ट फ्रेन्ड फर ईभर' को फर्स्टलुक तथा ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फर्स्टलुक पोस्टर सार्वजनिक गरियो ।


निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफ्नो सामाजिक संस्था आशाको ज्योती मार्फत नुवाकोटको थान्सिङ्ग, ५ मा पक्की ५ कोठे विद्यालयको भवन निर्माण गरेका छन् । श्री कालिका देवी प्राथमिक विद्यालयको उक्त पक्की भवनलाई निर्देशक अधिकारीले शनिबार हस्तान्तरण गरे ।

बैशाख १० बाट प्रदर्शनरत फिल्म ‘हाउ फन्नी’ले दुई दिनमा ५० लाखको ग्रस गरेको निर्देशक निलु डोमा शेर्पाले जानकारी गराएकी छिन् । । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीका हलहरुमा अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पाएको यस फिल्मले शनिवार भने हाउसफुलको ब्यापार गर्न सफल भएको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बाटो मुनिको फूल २'को शनिबार राजधानीमा च्यारिटी बेसको स्पेशल शो सम्पन्न भयो । जागरण मिडियाको तर्फबाट आयोजित शो मा फिल्मका प्रायः सबै कलाकार अनि निर्माण उपस्थित हुँदा निर्देशक सुवर्ण थापा भने आएनन् ।

