Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

योग सिक्दै अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2016/07/13

अनमोल केसीलेसुरेन्द्र पौडेलको फिल्म ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएको चर्चा बजारमा सेलाएको छैन । नयाँ भूमिकाका लागि तयारी पनि राम्रै गर्नु पर्ने भएकाले पैसा पनि राम्रै चार्ज गरेको बताएका थिए ।

 

एक्सन फिल्मका लागि अनमोलले शरिर बनाउन जिम जाने, नृत्य कक्षा जाने आदि उनको तयारीको लिस्टमा सामेल थिए । तर तस्विरले भने अनमोलले तयारीको लिस्टमा योग पनि थपेको देखाउँछ । तस्विरमा अनमोल आफ्ना हजुरबा मदन केसीसँग योग सिक्ने मुद्रामा छन् ।

 

त्यसो त मदन केसी पतन्जली योगपिठका योग प्रशिक्षक हुन् । ७६ वर्षको उमेरमा पनि उनको फुर्तिलो शरिरले धेरै कुराको जवाफ दिन्छ । दुई हप्ता अघि राष्ट्रपति भवनको अवार्ड समारोहमा अवार्ड थाप्न जाँदा उनको फुर्तिलो हिँडाईले धेरैको ध्यान खिचेको थियो । सायद अनमोलले यसको गाईगुई सुनेको हुनुपर्छ । त्यही भएर होला उनले हजुरबासँग योग सिक्न सुरु गरेका छन् । अनमोलको योगाभ्यास कत्तिको टिक्ला ? समयले देखाउने छ ।

Most Visited News (monthly)