Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रेखा फेरि निर्देशक ?

फिल्मीखबर, काठमाडौं, 2016/07/13

अभिनेत्री रेखा थापाले फेरि निर्देशक बन्ने सम्भावना व्यक्त गरेकी छिन् । दुई वर्षअघि ‘हिम्मतवाली’ निर्देशन गरेकी रेखाले आफूले निर्माण गर्ने फिल्म आफैंले निर्देशन गर्ने सम्भावना व्यक्त गरेकी हुन् । अनौपचारिक कुराकानीमा उनले निर्देशक नभेटिएको भन्दै आफैं निर्देशन गर्ने बताएकी हुन् ।


पछिल्लो फिल्म ‘रामप्यारी’ बक्स अफिसमा राम्रै चलेपनि उनले फिल्म रेखा थापाको स्तरको नभएको प्रतिक्रिया पाएकी थिइन् । त्यसयता उनले नयाँ कथामा नयाँ निर्देशकलाई लिएर काम गर्ने सोच बनाएकी थिइन् । तर बजारमा रेखासँग काम गर्न सक्ने निर्देशकको खाँचो देखेपछि रेखा आफैं निर्देशनका लागि तम्सिएकी हुन् ।

 

फिल्मको विषय यो पटक राजनीतिको वरिपरी घुम्नेछ ।  रेखाले अभिनयबाट सन्यास लिएपछि राजनीतिमा प्रवेश गर्ने सोच बनाएकाले पनि राजनीति केन्द्रित सिनेमा बनाउन चाहेको बुझिएको छ । फिल्ममा मुख्य भूमिकामा रेखा स्वयंको अभिनय रहनेछ ।

Most Visited News (monthly)