मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिनिता बरालको `जुइनो` भोली सार्वजनिक हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2016/07/13
केहि बर्ष अगाडी प्रदर्शनमा आएको फिल्म 'चपली हाइट'बाट अभिनेत्रीको रूपमा उचाई लिएकी बिनिता बराल यतिबेला लेखिका बनेर अर्को उचाई लिंदै छिन् । उनले लेखेको 'जुइनो' नामक उपन्यासको विमोचन भोली बीहिबार दिउसो ४:३० बजे पर्यटन बोर्डमा हुँदैछ । 
 
फिल्ममा अभिनय गर्न छाडेर कृषी व्यवसायमा लागेकी बिनिता आफ्नो उपन्यास पाठकमाझ पुर्याउन आतुर छिन । केही समय अमेरिकामा बसेर आफ्नो पुस्तक विमोचन गर्न नेपाल आएकी बिनिताले शुक्रबारबाट देशैभरी किताब उपलब्ध हुने जानकारी दिईन् ।  
 
बिनिताले आफ्नो अटोग्राफ सहितको पुस्तक लिन चाहानेले विमोचन समारोहमा आफ्ना शुभचिन्तकलाई आमन्त्रण गरेकी छिन्। अभिनेत्रीबाट एउटा छबि बनाएकी बिनिताले लेखिकाको रुपमा कस्तो छबि बनाउने हुन् ? र, `जुइनो` भित्र के छ ? बरालका शुभचिन्तक त्यो कौतुहल्ता बुझ्न आतुर पक्कै छन् ।