Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सोझै युट्युबमा ‘ल्यान्डिङ’

फिल्मीखबर, काठमाडौं, 2016/07/13

‘सेफ ल्यान्डिङ’ हलको मुख देख्न नपाई सिधै युट्युबमा रिलिज हुने दोस्रो फिल्म बनेको छ । यसअघि अभिनेता राजबल्लभ कोइरालाले निर्माण गरेको फिल्म ‘राघव’ सिधै युट्युबमा रिलिज गरिएको थियो ।


‘राघव’ हलमा रिलिज नगरी युट्युबमा रिलिज गर्दा निर्माता मध्येका एक राजबल्लभ कोइरालाले निर्माता र कलाकार विदेशमा रहेको र प्रचार प्रसारमा समय दिन नसक्ने भएकाले सिधै सामाजिक सञ्जालमा रिलिज गरेको बताएका थिए ।


‘सेफ ल्यान्डिङ’ निर्माताले पनि सामाजिक सन्जालमा रिलिज गर्नुको कारण स्पष्ट रुपमा नलेखे पनि निर्मातालाई पनि सोही समस्या परेको अनुमान गर्न सकिन्छ ।
कारण ‘सेफ ल्यान्डिङ’का कलाकार पनि फिल्मको प्रचार प्रसारका लागि उपलब्ध छैनन् । अभिनेता निरज बराल अमेरिका छन् भने अभिनेत्री झरना बज्राचार्य सोही फिल्मका निर्मातासँग बिहे गरेर मलेसिया तिर छन् ।


बीचमा निर्माता बसन्त भण्डारीले फिल्म रिलिजको प्रयास गरेका थिए । तर वितरकसँग कुरा नमिलेपछि भण्डारी यत्तिकै अष्ट्रेलिया फर्किएका थिए । सायद रिलिज गरेर पनि खासै फाइदा नहुने देखिपछि निर्माताले हलको साटो युट्युबमै सार्वजनिक गर्नु श्रेयस्कर ठाने ।

Most Visited News (monthly)