Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिष्माको अष्ट्रेलिया उडान

फिल्मीखबर, काठमाडौं, 2016/07/14

सेलिब्रेटीलाई विदेश पानी पँधेरो हुन थालेको छ । साँस्कृतिक कार्यक्रमको बहानामा कलाकार आजभोलि देश भन्दा ज्यादा विदेशमा भेटिन्छन् । यही लिस्टमा थपिएकी छिन् करिष्मा मानन्धर पनि । करिष्मा मानन्धर पनि साँस्कृतिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी छिन् ।

 

करिष्मा तीजको अवसर पारेर शनिवार हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन कलाकार विल्सन बिक्रम राई र  गायिका मेलिना राईका साथ करिष्मा सिड्नी झरेकी हुन् ।       नेप्मार्ट र लक्ष्मी होमले प्रस्तुत गर्न लागेको उक्त कार्यक्रम जुलाई १७ तारिख मा सिड्निको हसर्भिलमाको  मराना अडिटोरियम हलमा सम्पन्न हुनेछ ।  कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान पनि गरिने भएको छ ।

करिष्माको यो पहिलो अष्ट्रेलिया भ्रमण भएको बताइएको छ । उनले पछिल्लो निर्माण गरेको फिल्म ‘फागु’ फ्लप भएको थियो । त्यसअघि नै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेकी करिष्माले पार्टीको औपचारिक उद्घाटनका दिन खराब एमसी गरेपछि सर्वत्र आलोचनाको पात्र बनेकी थिइन् ।

Most Visited News (monthly)