Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

म्यूजिक खबर अवार्डमा `प्रेमगीत`को बर्चस्व

फिल्मीखबर, काठमाण्डौ, 2016/07/15
काठमाण्डौस्थित जमल नाचघरमा बिहिबार साँझ 'पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड' सु-सम्पन्न भयो । सो अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली साहित्यमा अतुलनिय योगदान रहेको कारणले 'पाँचौ म्युजिक खबर अवार्ड-२०७३' को अवसरमा 'म्युजिक खबर दिर्घ साधना सम्मान-२०७३' बाट सम्मान गरिएको थियो ।
 
 
उक्त अवार्डमा फिल्म 'प्रेमगीत'का संगीतकार अर्जुन पोखरेलको संगीत रहेको विभिन्न ६ वटा गीतले एउटै मञ्चमा अवार्ड पायो । पोखरेलले फिल्म 'प्रेमगीत'को 'म यस्तो गीत गाउछु'वाट संगीतकारको अवार्ड पाए भने सोही गीतबाट अन्जु पन्तले गायिकाको अवार्ड पाइन् । 
 
अर्जुनकै संगीत रहेको फिल्म 'प्रेमगीत'को 'म त अलपत्र पर्छु'वाट सत्यराज आचार्यले गायकको अवार्ड पाए भने सोही गीतवाट डा. कृष्णहरि बरालले गीतकारको अवार्ड पाएका थिए । 
 
त्यसैगरी अर्जुन पोखरेलकै संगीत रहेको 'ओई झुमा झुम्कावाली'वाट गायक प्रमोद खरेललेले अवार्ड पाए भने पप गायनबाट महिलातर्फ दुर्गा खरेलले 'काले काले केटाले'वाट अवार्ड पाएकी छिन् । 
 
संगीतकार अर्जुन पोखरेल अहिलेका सर्वाधिक चर्चित र व्यस्त युवा संगीतकार हुन् । अहिले उनलाई फिल्म मात्र हैन अन्य गीत संगीतमा संगीत दिन भ्याईनभ्याई छ । धेरै अवार्ड प्राप्त गरेका पोखरेलले आगामी दिनमा थप चुनौती र जिम्मेवारी थपेको कुरा उक्त मञ्चमा बताएका छन् ।
Most Visited News (monthly)