आजबाट प्रदर्शनमा आएको फिल्म नमस्ते नेपालले रिलिजको पूर्व सन्ध्यामा प्रेस शो गरेको छ । फिल्मले चावहिलस्थित चलचित्र विकास बोर्डमा बिहीबार साँझ शो गरेको हो ।
युरोपमा सुटिंग गरिएको फिल्ममा सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा गोपाल नेपाल छन्दे, श्याम श्रेष्ठ र एक विदेशी अभिनेत्रीको अभिनय रहेको छ ।
फिल्मलाई राजु शाहले निर्देशन गरेका हुन् । यसअघि उनले इन्द्रेणी, सपनाको नौलो संसार जस्ता फिल्म निर्देशन गरेका थिए । फिल्मलाई प्रदिप उदयले निर्माण गरेका हुन् । फिल्म अर्चना पनेरु अभिनित जिस्मसँगै देशभरका ५० भन्दा बढी पर्दामा रिलिज भएको छ ।

