रामबाबु गुरुङले निर्देशन गरेको फिल्म 'पूरानो डुङ्गा' को टिजर गीत र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दयाहाङ राई, प्रियङ्का कार्की, माओत्से गुरुङ्ग र मेनुका प्रधानलाई देख्न सकिन्छ ।

दयाहाङ र प्रियङकालाई मात्र समेटेर सार्वजनिक गरिएको टिजर गीतमा कालिप्रसाद बास्कोटाले स्वर र संगीत दिएका छन् । माओत्से गुरुङको कथामा रामबाबु र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्म मंसिर १० गतेदेखि प्रदर्शनमा आउने छ ।

