Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुर्मुस सुन्तली फाउन्डेसनलाई अभिनेत्री शर्माको एक लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2016/07/15
गत बर्षको भूकम्पबाट पीडित बनेका सिन्धुपाल्चोकको गिरान्चौरबासीका लागि नमुना बस्ती निर्माण गर्दै गरेका सिताराम कट्टेल 'धुर्मुस' र कुन्ञ्जना घिमिरे 'सुन्तली'को टिमलाई अभिनेत्री ऋचा शर्माले आर्थिक सहयोग गरेकी छिन् । 
 
 
भोली साउन १ गते आफ्नो जन्मदिन मनाउन लागेकी ऋचा आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख रूपैंया नगद सहयोग गरेकी हुन् । ऋचाले गरेको यो सहयोगले सिन्धुपाल्चोकको गिरान्चौरबासीका लागि राहतको भूमिका पक्कै खेल्ने छ ।     
 
पछिल्लो समय फिल्म क्षेत्रमा आफ्नो उचाई बधाईइरहेकी ऋचाको सहयोगी भावनाले अन्य फिल्मकर्मीलाई पनि प्रेरणा पक्कै मिल्नेछ । यसअघि पनि थुप्रै फिल्मकर्मीले यस किसिमका सामाजिक कार्य गर्दै आईरहेका छन् । 
Most Visited News (monthly)