Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबारका फिल्म बिहीबार

फिल्मीखबर, काठमाडौं, 2016/07/14

भदौ महिनामा रिलिज हुने केही चलचित्र शुक्रबार रिलिज नहुने भएका छन् । भदौ ३ अर्थात शुक्रबारबाट रिलिज हुने भनिएको चलचित्र ‘वीर विक्रम’ पनि अब एक दिन अगाडि सरेको छ । यो चलचित्र भदौ २ गते बिहिबारबाट रिलिज हुने निर्माता तथा निर्देशक मिलन चाम्सले बताए ।

 

उनले वितरकस“गको सल्लाहमा यो निर्णय गरेको बताए । दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी, प्रेम, सस्पेन्स कथामा निर्माण भएको छ । बेलायत र हङकङको शोबाट पाएको प्रतिक्रियाले निर्देशक चाम्स उत्साहित छन् । चलचित्रको ट्रेलर र गीतले चर्चा पाइसकेको छ । यही दिन चलचित्र ‘चपली हाइट २’ पनि रिलिज हुने भएको छ । यस्तै, भदौ ९ गते बिहीबारबाट चलचित्र ‘झुम्की र शकुन्तला’ रिलिज हु“दैछन् ।



दयाहाङ राई, मलिना जोशी, रिश्मा गुरुङ, मनोज आरसी आदिको अभिनय रहेको ‘झुम्की’ पनि शुक्रबारको साटो बिहीबार नै रिलिज हुँदैछ । बिहीबार गौरा पर्व परेर सरकारी विदा परेकाले ‘झुम्की’ बिहीबार नै रिलिज हुन लागेको हो । त्यसैगरी राजेश हमालले तेस्रो लिंगिको भूमिका निर्वाह गरेको फिल्म ‘शकुन्तला’ पनि ‘झुम्की’सँगै बिहीबार नै रिलिज हुँदैछ ।  
 

Most Visited News (monthly)