मंगलबार रिलिज गरिएको फिल्म 'छक्का पञ्जा' को ट्रेलरले सामाजिक सञ्जालमा धमाका मच्चाएको छ । २२ घण्टामा १ लाख २३ हजार बढिले हेरिसकेको ट्रेलर धेरैले मन पराएका छन् ।
कमेडी प्लेभरको दर्शकलाई हँसाउने संवाद अनि त्यही किसिमको प्रस्तुतीका बीच ट्रेलरले वाही पाएको छ । दिपाश्री निरौला निर्देशित फिल्मको ट्रेलरलाई फिल्मकर्मी, पत्रकार तथा समिक्षक सबैले तारिफ गरेका छन् ।
फिल्मीखबरले सुरु गरेको 'अन स्पट रिभ्यू' भिडियोमा प्रतिक्रिया दिने अधिकांशले ट्रेलरलाई 'सुपर्व' बोलेका छन् । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की केदार घिमिरे, शिवहरी पौड्याल, जितु नेपाल लगायत लिड रोलमा छन् ।
ट्रेलर हेरेपछि कसले के भने हेर्नुहोस भिडियोः

