

विदेशमा प्रदर्शनको लागी उपलब्ध गराएको कपी फाईल नै युट्युव मार्फत पाईरेसी भएको निर्माण युनिटले बताएको छ । फिल्म युट्युवमा आएपछि तनाबमा आएको निर्माण टिम अहिले युट्युवबाट फिल्म हटाउने कसरतमा जुटेको छ ।

पछिल्लो समय नेपालमा स्टारडम भएका कलाकार खासै नभएको चर्चा भईरहँदा, युवा स्टार अनमोल केसीले आफ्नो स्टारडम प्रमाणित गरेका छन् । प्रदर्शनरत फिल्म 'ड्रिम्स'को आक्रामक बिजनेस, फिल्म हेर्न हलमा उर्लेको भिडले उनको स्टारडमलाई छर्लङ् पारेको छ ।

चैत्र ५ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'भाग् सानी भाग्'ले प्रचार प्रसारको क्रमलाई तिब्रता दिईरहेको छ । देश दौडाहा गरेर केहि दिन पहिले मात्रै काठमाडौं आएको यो फिल्म युनिटले सामाजिक कार्यमा पनि हात अघि बढाएको छ । फिल्म युनिटको तर्फबाट ७ बर्षिय क्यान्सर पीडीत बालिकालाई आर्थिक सहयोग गरियो ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'ड्रिम्स'ले बम्पर ओपनिङ गरेको छ । युवा स्टार अनमोल केसी स्टारर यो फिल्मले पहिलो दिनको पहिलो शो मा हाउसफुल सुरुवात गरेको छ । फिल्म काठमाडौं तथा मोफसलका प्रायः सबै स्टेशनमा हाउसफुल छ ।

उनको नामसँग जोडेर राम्रै आलोचना पनि भयो । त्यसपश्चात एमाओबादी अध्यक्ष प्रचण्डले उनको विषयमा एक सार्वजनिक कार्यक्रममा गरेको टिप्पणी विवादमा तानिएको छ ।

