Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मातालाई जुत्ता व्यवसायी जस्तो बन्न दिपकको सुझाब !

फिल्मीखबर, काठमाडौं, 2016/08/09
निर्माता, अभिनेता तथा हाँस्य कलाकार दिपकराज गिरीले नेपाली फिल्म निर्माताहरुमा 'जुत्ता व्यवसायीहरुको जस्तो एकता चाहिएको दाबी गरेका छन् । एकले अर्काको अस्थित्व स्विकार नगर्ने प्रवृति बढेको र यसले आम निर्मातालाई नै घाटा भईरहेको भन्दै कपडा तथा जुत्ता व्यवसायीहरुमा जस्तो एकता आवश्यक रहेको उनको कथन छ ।
 
राजधानीमा आयोजित दिपककै लगानी समावेश फिल्म 'छक्का पञ्जा'को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै दिपकले निर्माता निर्माताबीचको आरोप प्रत्यारोप अनि होच्याउने प्रवृतिले गर्दा नै फिल्म उद्योग माथी उठ्न नसकेको तर्क गरे ।
 
'कसैमा पनि सम्मानको संस्कार छैन्, आफुले कस्तो गरे र गर्दैछु होईन कि रिलिज पहिले नै अर्काको फिल्मको आयु तोक्ने प्रवृति हाबी छ, यसले समग्र उद्योगलाई नै घाटा भईरहेको छ', दिपकले भने ।
Most Visited News (monthly)