Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'माईतिघर' निर्देशक थापाको निधन

फिल्मीखबर, काठमाडौं, 2016/08/09
'माईतिघर' फिल्मका निर्देशक वियस थापाको निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा थापाले यो संसारबाट विदा लिएका हुन् ।
 
पछिल्लो समय मुम्बईमा बस्दै आएका थापाले आफ्नै निवासमा प्राण त्यागेका हुन् । उनको अन्तिम दाह संस्कार पनि मंगलबार साँझ मुम्बईमा नै गरिने बुझिएको छ । 
 
थापाको निधनपछि फिल्मकर्मीहरुले उनको सम्झना गर्दै सामाजिक सञ्जाल मार्फत श्रद्धासुमन व्यक्त गरेका छन् । निर्देशक थापा प्रविणता तहको पढाई पास गरेपछि स्नातक गर्नका लागि लखनउ पुगेका थिए । उनले एलएलबीमा एम.बीए गरेका छन् । उनको वास्तविक नाम भीसमेन थापा हो । 
 
उनले पछि आफ्नो नाम वीएस थापा बनाएका थिए । एम.एमा एलएलबी गर्दै गर्दा तेश्रो बर्षमा उनले बिहे गरेका थिए । सरस्वती थापासँग पहिलो बिहे गरेका वीएसले केही बर्षमै श्रीमतीलाई गुमाएका थिए ।
 
३ छोरा र १ छोरालाई जन्म दिएपछि सरस्वतीको निधन भएको थियो । यसपछि उनले दोश्रो बिहे गरेका थिए । पिता नारायण सिंह थापा र आमा लक्ष्मी थापाको कोखबाट उनी जन्मिएका थिए ।
Most Visited News (monthly)