फिल्म 'म त तिम्रै हुँँ'की निर्माता तथा कलाकार सुस्मिता केसीले आफ्नो फिल्म फ्लप भयो भन्नेलाई झापड हान्ने धम्की दिएकी छिन् । फेसबुक मार्फत आक्रोश व्यक्त गर्दै कान्तिपुर टेलिभिजनको रजतपट कार्यक्रमका निर्मातालाई आउँदो दिनमा आफ्नो बारेमा र फिल्मको बारेमा नकारात्मक टिप्पणी गरेको पाएमा हस्पिटलको बेडमा पुर्याउने धम्की दिएकी हुन् ।
कान्तिपुर गोल्डबाट प्रसारण हुने 'रजतपट' कार्यक्रमले 'म त तिम्रै हुँँ' चल्न नसकेको रिपोर्ट तयार पारेको थियो । सुस्मिताले अन्य फिल्मको लागि लिएको हल म्यानेजरको प्रतिकृया आफ्नो फिल्मको लागि प्रयोग गरेर बदनाम गर्न खोजेको बताएकी छिन् । यस्तै उनले आफ्नो फिल्म सोचेभन्दा राम्रो चलेको दाबी गर्दै आएकी छिन् ।
सुस्मिताले फेसबुकमा लेखेको स्टाटस र कार्यक्रमको भिडियो यस्तो छ -


