
हाँस्य कलाकार तथा अभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा बन्न लागेको फिल्म '६क्का पञ्जा' फ्लोरमा नजाँदै महँगोमा बिक्री भएको छ । हाईलाईट्स नेपालले फिल्म फ्लोरमा जानु पुर्व नै मोटो रकममा फिल्मको ओभरसिज प्रदर्शन 'राईट्स' तथा भिसिडी र 'युट्युव राईट्स' किनेको हो ।

निर्माण ईजाजत बिना नै छायाँकन सकिएको फिल्म 'गाँजाबाजा' को नाम नै लफडामा परेको छ । निर्माण ईजाजत माग्दै चलचित्र विकास वोर्ड जाँदा वोर्डले नाम नै पारित नगरेपछि निर्माण टिम तनाबमा परेको छ । भने वोर्डले अझैं पनि नाम पारित नगर्दैगर्दा अदालतमा सम्म उजुरीको तयारी गरिरहेको निर्देशक गणेशदेव पाण्डेले बताए ।

बैशाख १७ रिलिज फिल्म 'जंगे'को अफिसियल ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा फिल्मका लिड कलाकार सुरजसिंह ठकुरी, ऋचा शर्मा, दिपशिखा शाही आकर्षण बने ।

अभिनेत्री श्वेता खड्काले बाल विवाह तथा दाईजो प्रथाको अन्त्यका लागि आफ्नो आवाज उठाउने भएकी छिन् । शुक्रबार राजधानीमा एक कार्यक्रम मार्फत बाल विवाह तथा दाईजो प्रथा बिरुद्धको राष्ट्रिय अभियानको सद्भावना दूतमा नियुक्त भएकी छन् ।

दिपक वलीको निर्देशनमा तयार भएको फिल्म 'रोल्पा रोग'को ट्रेलर सार्वजनिक गरिएको छ । ग्रामिण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःख र संघर्षको कथालाई फिल्मले उठान गरेको छ ।

'भर्खर मात्रै फिल्म हलबाट बाहिरिँदै छ, मैले पहिलेदेखि नै दर्शकको रेस्पोन्स हेरेर मात्रै सिक्वेलको बारेमा सोच्ने बोल्दै आएको हुँ, निर्माता ज्यूले कसरी २०७३ मै निर्माण हुनेगरी सिक्वेल घोषणा गर्नुभयो म आफै अनबिज्ञ छु', राउतले भने ।

