मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडी चोलो लगाएर हल छिरे हमाल !

फिल्मीखबर, काठमाडौं, 2016/08/26
महानायक राजेश हमालले करियरमै पहिलो पटक भिन्न गेटअपसहित महिला अबतारमा अभिनय गरेको फिल्म 'शकुन्तला' दर्शकमाझ आएको छ । विदाको दिन पर्दा मोफसलमा बिहिबार नै प्रदर्शनमा आएको फिल्म शुक्रबारबाट राजधानीका हलमा छिरेको हो । 
 
दिनेश श्रेष्ठ निर्देशित फिल्ममा हमाल साडी चोलोमा प्रस्तुत हुँदै महिला अधिकारको पक्षमा उभिएका छन्, फिल्मका यसअघि सार्वजनिक प्रचार सामग्री यस्तै बोल्छन् । 
 
फिल्म 'शकुन्तला'मा हमालसँगै अनु शाह, किशोर खतिवडा, स्मृति श्रेष्ठ लगायत लिड अभिनयमा छन् । महेश्वर खत्री फिल्मका लगानीकर्ता हुन् । राजधानीमा यो फिल्मसँग अन्य प्रतिस्पर्धी छैनन् ।