मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको साधारणसभाको मिति तय

फिल्मीखबर, काठमाडौं, 2016/08/26
चलचित्र निर्माता संघको १४ औं साधारणसभाको मिति तय भएको छ । बिहिबार सार्वजनिक गरिएको महासचिव केशव भट्टराई द्वारा जारी गरिएको विज्ञप्तीमा आउँदो मंसिर ४ गतेलाई साभारण सभा तथा कार्यसमिति निर्वाचनको मिति भनिएको छ ।
 
 
 अध्यक्ष राजकुमार राई चलचित्र विकास वोर्ड अध्यक्षमा चयन भएसँगै धेरै निर्माताहरुले संघको साधारणसभाको माग गरेका थिए । तर वारवार साधारणसभा बस्ने चर्चा परिचर्चाका बीच संघले मिति तय गर्न सकेको थिएन् । 
 
वर्तमान कार्यसमिति पदाधिकरीहरुको कामप्रति असन्तुष्टी देखाउँदै तीन पदाधीकारीले यसअघि नै राजिनामा पेश गरिसकेका छन् । यद्धपी संघको पछिल्लो विज्ञप्ति समावेश लेटरहेडमा उपाध्यक्ष उदय सुब्बा सहितका पदाधिकारीहरुको नाम समावेश हुँदा उनिहरुको राजिनामा स्विकृत नभएको अनुमान लगाउन सकिन्छ ।