
बर्ष २०७२ को अन्तिम महिना चलिरहँदा अर्को वर्षको लागी फिल्म रिलिजको क्यालेण्डर सार्वजनिक हुने क्रम जारी छ । ०७३ को पहिलो महिना बैशाखका लगभग लगभग सबैजसो हप्ता नयाँ फिल्मको लागी प्याक भईसक्दा भदौमा रिलिज हुनेगरी दुई फिल्मको रिलिज घोषणा भएको छ ।


नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो)ले अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा वेस्ट सिनेमाटोग्राफी अवार्ड जितेको छ । शनिबार राती सम्पन्न फेस्टिभलको छैटौं संस्करणमामा डाइङ क्यान्डलबाट रविन आचार्य र दिपांकर सिग्देलले उपाधी चुमेका हुन् ।

रंगिन पर्व होलीको छेकोमा फिल्म 'झूम्की'को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा 'कबड्डी' गर्ल रिश्मा गुरुङ र अभिनेता दयाहाङ राईलाई प्राथमिकता दिईएको छ । भने लिड कलाकार पुर्व मिस नेपाल मलिना जोशी पोस्टरमा अटेकी छैनन् ।

केहि दिन पहिले फ्लोरमा गएको फिल्म 'पर्शुराम'को फर्स्टलुक आउट भएको छ । फिल्मीखबरलाई प्राप्त तश्विरमा ५ बर्षपछि नेपाली फिल्ममा फर्केका पुराना स्टार बिराज भट्टलाई घोडा चढिरहेको अबस्थामा देख्न सकिन्छ । उनको केहि लामो कपालमा 'हिरो' लुक्स बिराजको भेट्न सकिन्छ ।

निर्माण ईजाजत बिना नै छायाँकनमा गएको फिल्म 'जिस्म' युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको छ । चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखराका सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

