'ड्रिम्स' गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको दोस्रो फिल्म 'ए मेरो हजुर' को फर्स्टलुक बाहिरिएको छ । अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्ममा साम्राज्ञीले नव अभिनेता सलिन मानसँग रोमान्समा छन् ।
सार्वजनिक फर्स्टलुक तस्विरमा साम्राज्ञीलाई नेवारी ड्रेसमा भेट्न सकिन्छ । सार्वजनिक दृश्य फिल्ममा समावेश एक गीतको हुनसक्ने अनुमान छ । साम्राज्ञी ड्रिम्स रिलिजपछि हटकेक बनेकी अभिनेत्री हुन् ।
एसके फिल्म्सको व्यानरमा बनेको फिल्ममा सलोन बस्नेत पनि लिड रोलमा छन् । फिल्मका निर्माता सुनिलकुमार थापा हुन् ।