मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'युनिटी' प्रकरणको कथामा फिल्म घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/08/28
 
 
फिल्म ‘युनिटी’ निर्माण हुने भएको छ । यस अघि राहदानी निर्देशन गरेका सञ्चारकर्मी डब्बु क्षत्रीले युनिटीको निर्देशन गर्दैछन् । सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा फिल्म निर्माण हुन लागेको हो । 
 
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा फिल्मको ‘टाईटल’ उद्घाटन गरे ।  महासंघका अध्यक्ष बिष्टले पत्रकारहरुको संघर्ष र भ्रष्टाचार बिरुद्ध निर्माण हुन लागेको यो फिल्मले पत्रकारहरुलाई ससक्त रुपमा प्रस्तुत गर्ने विश्वस व्यक्त गरे । 
 
उनले पत्रकारहरुका राम्रा पक्षसँगै यदी पत्रकारितको आडमा कसैले नराम्रो काम गरिरहेको छ भने त्यस्ता कुरालाई पनि चलचित्र युनिटी मार्फत बाहिर ल्याउन सुझाब दिए । पत्रकारद्धारा नै निर्माणर निर्देशन गर्न लागिएको यो फिल्म राम्रो बन्ने विश्वास आफुले लिएको उनको भनाई थियो ।  
 
यस फिल्मका निर्माता लक्ष्मी प्रसाद ढकालले आफुले हालै अमेरिका र बेलायतको फिल्म बजार बुझेर र आएकाले नेपाली तथा विदेशी बजारलाई सुहाउँदो चलचित्र युनिटी निर्मार्ण गर्न लागेको जानकारी गराए । हर्कुलेस बस्नेतको संगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायाँकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, सुलभ ढकालको निर्माण व्यबस्थापन यो चलचित्रमा रहने छ । 
 
आगामी चैतमा रिलिज गरिने यो फिल्म असोजको पहिलो साताबाट फ्लोरमा जाने निर्देशक क्षेत्रीले बताए ।