

भारतिय कमेडियन कपिल शर्माको कलर्स टेलिभिजनबाट प्रशारण हुँदै एको 'कमेडी नाईट विथ कपिल' नामक शो बन्द भएसँगै अर्को शो को तयारीमा छन् । प्रोमो तयार भईसकेको उनको नयाँ कार्यक्रम टेलिभिजन कार्यक्रम 'दि कपिल शर्मा शो' नामबाट सोनी टेलिभिजनबाट प्रशारण हुँदैछ ।

फिल्म ‘वीर विक्रम’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । मिलन चाम्स निर्देशित यो फिल्म अब भदौ ३ गतेबाट देशभर रिलिज हुने भएको छ । निर्माता एवं निर्देशक मिलन चाम्सले एक साता अगाडि नै आफूले एक टेलिभिजनबाट मिति घोषणा गरेको बताए ।

फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । दुई स्टार अभिनेता दयाहाङ राई र आर्यन सिग्देल अभिनित फिल्म 'राहदानी' र 'आवेग' प्रदर्शनमा आएका हुन् ।


प्रदर्शोन्मुख फिल्म 'नाई नभन्नु ल ४' को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक 'माग्ने बनायौ' बोलको गीतमा लिड कलाकार पल शाह, आँचल शर्मा र बर्षा राउत फिचरिङमा छन् ।

