

बलिउड सुपरस्टार सलमान खानको प्रतिच्छित फिल्म 'सुल्तान'को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक टिजरमा सलमानलाई आक्रामक कुस्ति खेलाडीको रुपमा देख्न सकिन्छ ।

रिलिजको दिनबाट नै आक्रामक बिजनेस गरेको विकासराज आचार्य निर्देसित फिल्म 'नाई नभन्नु ल ४' करोड क्लबमा प्रवेश गरेको छ । राजधानी तथा मोफसलका करिब ६० पर्दामा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले तीन दिनमा १ करोड ग्रस आँकडा पार गरेको हो ।

जेठ २८ लाई प्रदर्शनको मिति तय गरेर प्रचार सुरु गरेको फिल्म 'गाजलु'को दुई दिन पहिले रिलिज गीत भाईरल बनेको छ । युट्युव रिलिजको ४० घण्टा पुग्दैगर्दा युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङमा रहेको 'तिमी आयौ' बोलको गीत १ लाख १० हजार बराबरले हेरेका छन् ।

यदी अहिलेसम्मको परिवेश अनि घटनालाई नियाल्ने हो भने आउँदो ईद मा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ठुलो भिडन्त हुँदैछ । बलिउड बक्सअफिसका दुई बादशाह सलमान खानको 'सुल्तान' र शाहरुख खानको 'रईज' ।

फिल्मीखबरले दुबै फिल्मका वितरकहरुसँगको कुराकानी र हल सञ्चालकहरु बाट प्राप्त गरेको रिपोर्ट अनुसार दुबै फिल्मको व्यापार नयाँ बर्षको छेकोमा पछिल्ला बर्ष रिलिजको भन्दा राम्रो पाईएको हो ।

