Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सफर`ले मेरो जीवन काहनी बोकेको छ : संजय गुप्ता

फिल्मीखबर, काठमाण्डौ, 2016/09/13
आवाजको दुनियाँँमा रमाउनेको लागी संजय गुप्ता परिचित नाम हो । रेडियोकर्मी र टेलिभिजनकर्मीको रुपमा आफ्नो परिचय संजयले बनाईसकेका  छन् । उनै संजय यतिबेला भने फिल्ममार्फत नयाँँ परिचय बनाउने कोशिसमा छन् ।
 
असोज १४ गतेबाट संजय अभिनित फिल्म 'सफर' रिलिज हुनेछ । तीन साथीको कथा बोकेर तयार भएको फिल्मको साम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो । यही फिल्मबाट नेपाली राजतपटमा डेव्यु गर्न लागेका संजयसँग फिल्मीखबरले फिल्मको वरिपरी रहेर कुराकानी जोडेको छ ।
 
संजय भन्छन्,'हरेकको जीवन काहनी हुन्छ, प्रेम बिछोड सबैले भोगेका हुन्छन्, त्यो मैले पनि भोगेको छु र फिल्म भित्रको कहानी पनि केहि मसँग मिल्छ ।'  उनले आफ्नो पर्सनल लाईफको बारेमा धेरै बोल्न चाहेनन् तर 'सफर' एउटा राम्रो फिल्म बनेको बताए ।
 
 
आशिश श्रेष्ठले निर्देशन गरेको फिल्म 'सफर'मा संजयको साथमा मनन सापकोटा, शिविर पोख्रेल र नुर्जा श्रेष्ठको अभिनय रहेको छ ।
Most Visited News (monthly)