
पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको फिल्म 'बुद्ध वर्न ईन नेपाल'को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र प्राविधिक संघ (नेफ्टा)को बैठकले संस्थाको हित विपरित काम गरेको भन्दै निर्वाचित सचिव शंकर पाण्डेलाई सचिव पदबाट निष्काशित गरेको छ । शनिबार बसेको बैठकले पाण्डेलाई संस्थाको साधारण सदस्य मात्र रहने गरी सचिव पदबाट निष्काशित गरेको हो ।

डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म 'दि विनर' को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ५० सेकेण्ड लामो टिजरमा फिल्म भित्रका केहि प्लटहरुलाई देखाईएको छ ।

सोहि समयमा कट्रिनाले रणविरलाई सम्बन्धमा दोश्रो अबसर दिन आग्रह गरेकी थिईन्, जुन कुरा रणविरले सिधा ईन्कार गरेको बताईन्छ । रणविरको जवाफपछि कट्रिना अक्कबक्क भएको बताईएको छ ।

फिल्म 'गाँठो'को अफिसियल टिजर बाहिरिएको छ । भदौ २४ रिलिज यो फिल्मको सार्वजनिक टिजरमा डायलग समावेश छैन् । जहाँ संगीतलाई प्राथमिकता दिईएको छ भने कलाकारलाई पनि नजिकबाट चिनाईएको छैन् ।

भुकम्पको मारमै परेको भएपनि ०७२ मा धेरै फिल्मले दर्शकको मन जितेको चर्चा हुँदैगर्दा केहि नयाँ अनुहारहरुको पनि चर्चा हुनु जरुरी छ । जहाँ डेब्यू कलाकार अनि यसअघि केहि फिल्म गरेर पनि चर्चामा नआएका नामहरु जोड्न उचित हुनसक्छ ।

