फिल्म 'सफर'को टाइटल गीत सार्वजानिक भएको छ । धर्मेन्द्र सेवानको आवाज र अर्जुन सुवेदीको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा तीन साथीको बिना योजना गरिएको यात्रा अनि यात्रा दौरान बिचको मित्रतालाई देखाईएको छ ।
युवा फिल्मस्को ब्यानरमा बनेको फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मलाई केशब खड्काले निर्माण गरेका हुन् भने असिश श्रेष्ठले यसलाई निर्देशन गरेका हुन् ।

