Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करनले खोले अनुष्का र ऐश्वर्यासँगको शाहरुख रहस्य

एजेन्सी, मुम्बई, 2016/09/13
अजय देवगान स्टारर बहु चर्चित अनि प्रतिच्छित फिल्म 'शिवाय'सँग भिड्ने तय भएसँगै चर्चामा रहेको करन जोहर निर्देशित वलिउड फिल्म 'ए दिल है मुश्किल' अक्टुवल २८ मा रिलिज हुँदैछ । 
 
फिल्ममा लिड अभिनयमा अनुष्का शर्मा, ऐश्वर्या राय वच्चन र रणविर कपुर लिड रोलमा रहेको फिल्मको सार्वजनिक प्रचार सामग्रीले पनि चर्चा पाईरहँदा निर्देशक करनले नयाँ रहस्य खोलेका छन् कि फिल्ममा स्टार अभिनेता शाहरुख खान पनि अभिनयमा छन् ।
 
फिल्ममा शाहरुख केमियो भुमिकामा रहेको करनले खुलाएका हुन् । टोरन्टो फिल्म फेस्टिभलमा पुगेर करनले यो कुरा बाहिर ल्याएका हुन् । 'शिवाय'सँग भिड्ने कुराले नै बनेका अनेकन कन्ट्रोभर्सीले पनि यी दुई फिल्मले वलिउड तताएका छन् ।
Most Visited News (monthly)