Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज : `गाँठो` र `ड्राइभर दाइ`लाई चुनौती

फिल्मीखबर, काठमाण्डौ, 2016/09/15
भोली शुक्रबारबाट दुई फिल्म `गाँठो` र `ड्राइभर दाइ` रिलिज हुँदै छन् । सुरज भुषाल निर्देशित `गाँठो` र बिएस बलामी निर्देशित 'ड्राइभर दाइ` फ्राइडे रिलिजमा रहेका फिल्म हुन् ।
 
सोसियल फोबियाको बिरामी पेन्टरको वरिपरी घुमेको कथा बोकेको `गाँठो` र ड्राइभरको दैनिकी प्रस्तुत गरेको 'ड्राइभर दाइ` दुवै फरक जनराका फिल्म हुन् । अब यि दुई फिल्ममा कुन फिल्मले बाजी मार्ने हो त्यो त भोली नै थाह होला ? तर, देशभर सफलताका साथ चलिरहेको 'छक्का पञ्जा'ले भने यि दुईको व्यापारमा पक्कै असर पुर्याउने छ । 
 
`गाँठो`मा नाजिर  हुसेन, नम्रता श्रेष्ठ, अभय बराल लगायतका कलाकारको अभिनय रहेको छ भने 'ड्राइभर दाइ`मा किशोर खतिवडा, सिमा केसी लगायतका कलाकारको अभिनय रहेको छ । 
Most Visited News (monthly)